निफमा पैँतिस देशका ९५ चलचित्र

डिसी नेपाल
१ चैत २०७९ २१:२४
20
Shares

काठमाडौं। काठमाडौंमा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौँ संस्करणमा ३५ देशबाट ९५ चलचित्र सहभागी हुनेछन्।

‘विश्वभरका कथाको उत्सव’ नारासहित महोत्सव चैत २ गतेदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

“महोत्सवका चलचित्रलाई क्युएफएक्स चेनअन्तर्गतका चार हलमा देखाउँदैछौँ। यस्तै अन्तक्र्रिया र छलफलसम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ”, अध्यक्ष पाठकले भने, “रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिँदै चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तक्र्रिया गर्दैछन्।”

महोत्सवमा सात विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन्।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु चलचित्र विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिए।

यस्तै निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीतिः नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङः महत्व र अभ्यास, हास्यव्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका: जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तक्र्रिया तथा छलफल चलाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.