सेवाग्राहीलाई झन्झट नदिनुस् : सचिव रेग्मी

डिसी नेपाल
३ चैत २०७९ ११:२८
56
Shares

काठमाडौँ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले देशका सबै मालपोत र नापी कार्यालयलाई कुशल राजस्व सङ्कलक र भूमि प्रशासनका सदाचारयुक्त संस्थाको प्रतिविम्ब झल्कने गरी कार्यसम्पादन गर्न सुझाव दिएको हो। मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोत र नापीप्रति सर्वसाधारणमा रहिरहेको नकारात्मक भावलाई सकारात्मक छविका रूपमा रुपान्तरण गर्ने वातावरणका साथ काम गर्न निर्देशन दिए।

मालपोत र नापी कार्यालय कलङ्कीको आकस्मिक निरीक्षणपछि उनले भने, “भूमि प्रशासनप्रको सेवा सबै नागरिकसँग कुनै न कुनै रूपमा जोडिने भएकाले सेवा प्रवाहमा सुधार गरी सबै कर्मचारीले आफ्नो दक्षता र क्षमताको पूर्ण उपयोग गर्नुस्।”

मन्त्रालयका सहसचिव निराजन घिमिरेले कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित बनाउन र सेवाग्राहीको भनाइ आदरतापूर्वक सुनिदिने वातावरण विकास गर्न जरुरी रहेकाले सोहीअनुरुप काम गर्न निर्देशन दिए।

नापी कार्यालय कलङ्कीका प्रमुख हरिकृष्ण सुवेदीले सेवाग्राहीलाई सन्तुष्टि हुने गरी सेवा प्रवाह गर्नु कार्यालयको प्रमुखको जिम्मेवारी भएको बताए। नापी कार्यालयका प्रमुख खिम रानाले नापी कार्यालयले सदाचारसहितको सेवा प्रवाहलाई मूलमन्त्र बनाई अगाडि बढिरहेको र भूमि प्रशासनको सेवामा आँच नआउने गरी काम गर्ने अठोट गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.