उपराष्ट्रपतिमा ममता झालाई मत दिने रास्वपाको निर्णय

डिसी नेपाल
३ चैत २०७९ १४:३५
564
Shares

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिन केही समय बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदान गर्ने उम्मेदवारको टुंगो लगाएको छ ।

शुक्रबार बिहान १० बजेबाट उपराष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा रास्वपाले ममता झाको पक्षमा मतदान गर्ने निर्णय गरेको हाे । झा जनमतको तर्फबाट उम्मेदवार बनेकी छन् ।

उनीसँगै गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा छन् ।  राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा झालाई मत दिने भएको हो ।

उपराष्ट्रपति निर्वाचनको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.