नेकपा एस पार्टी निर्माणको अभियानमा जुटेका छौँः महासचिव खतिवडा

डिसी नेपाल
२० चैत २०७९ २३:२९
108
Shares

कटारी। नेकपा (एकीकृत समाजवादी)का महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन्।

आज उदयपुरको गाईघाटमा समाजवादी प्रेस सङ्गठन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एस अहिले पार्टी निर्माणको अभियानमा रहेकाले जनताको सुझाव सङ्कलन गरिरहेको बताए।

“वैशाखसम्म सञ्चालन हुने अभियानमा सदस्यता विस्तार, पालिका तथा वडा कमिटी गठन÷पुनःगठन तथा स्थानीय तहले सम्पादन गरेका कार्यको निगरानी गर्ने र खबरदारी गर्नेछौँ।” उनले भने।

पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, आर्थिक समस्या, सामाजिक समस्या, बेरोजगारीलगायत अवस्थाप्रति नेकपा एस गम्भीर रहेकाले उचित नीति तथा कार्यक्रमको माध्यमबाट समस्या समाधानका लागि पार्टी र सरकार दुवै ठाउँबाट भूमिका खेल्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.