रवि लामिछानेको राहदानीसम्बन्धि मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा

डिसी नेपाल
२१ चैत २०७९ १०:५७
784
Shares

काठमाडौं । रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्राको कार्यालयको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

युवराज पौडेल सफलले महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ आज न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको छ । महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा नचलाउने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन् । महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलले माग गरेका छन् । यससँगै उनले रवि लामिछानेविरुद्ध मुद्दा चलाउन परमादेशको पनि माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.