नेविसंघमा आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति

डिसी नेपाल
२१ चैत २०७९ १८:१३
592
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघमा संस्थापन र इतर पक्षबीच सहमति भएको छ। असन्तुष्ट पक्षले संगठनलाई पूर्णता दिनुपर्ने मागसहित आइतबारदेखि रिले अनशन थालेको थियो।

आइतबार पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहबरमा असन्तुष्ट पक्षबाट उज्जवल बज्राचार्य, अध्यक्ष दुजाङ शेर्पा र पार्टी सचिव प्रेम केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूबीच चार बुँदे सहमित भएको छ।

उनीहरूबीच १० दिनभित्र शेर्पाको अध्यक्षतामा रहेको संघको तदर्थ समितिलाई पूर्णता दिने, संघको १२औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने सहमित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.