सत्तामा सदैब निरन्तरताको सौभाग्य पाएका शरदसिंह भण्डारी, सत्तारोहणले खुसी हुन नसकेको महोत्तरी

डिसी नेपाल
२२ चैत २०७९ १५:००
332
Shares

महोत्तरी । २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी  १६औँपटक मन्त्री बनेका छन् । महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भण्डारी  अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हुन्  ।

२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक विजयी भएका भण्डारी त्यसयता हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । २०३८ देखि २०७९ सालसम्म्म आइपुग्दा विभिन्न दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा  दर्ज भएका भण्डारीलाई लिएर उनको गृह क्षेत्र भने खुसी हुन सकेको छैन ।

उनलाई लगातार निर्वाचित गर्ने जनताहरुको अवस्था फेरिन नक्नु र मन्त्रीकै हैसियतमा हुन सक्ने आधारभूत काम समेत गर्न नसक्दा भण्डारीको १६औँ सत्तरोहणले गृहक्षेत्र खुसी हुन नसकेको हो ।

सक्रिय राजनीति गरेको पाँँच दशकमा सत्ता र शक्तिकै लागि आधा दर्जन पार्टी परिवर्तन गरेका उनको सत्तागमनले कुनै प्रभाव नपर्ने महोत्तरी–२ का स्थानीयको बुझाइ छ । उनको राजनीति इतिहासमा २०५१ सालमा पार्टीले टिकट नदिँदा दल त्याग गरेर स्वतन्त्र निर्वाचन लडेको घटना छ । जसले उनको केन्द्रभावमा जनता नभई सत्ता र शक्ति प्राप्तिमा रहेको बुझाउँछ ।

२०४५ सालमा मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा १६औँपटक मन्त्री बनेका हुन् । नेपाली कांग्रेसबबाट राजनीति सुरु गरेका भण्डारीले  स्वतन्त्र हुँदै २०६२/६३ को आन्दोलनपछी मधेश केन्द्रित राजनितिमा लागेका हुन् । उनको राजनीतिक जीवनमा ६ पटक निर्वाचित हुँदा तीनपटक मात्र पराजय व्यहोरेका छन् ।

तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री मधेश टुक्रन  सक्ने विवादास्पद अभिव्यक्ति दिएपछि बहिर्गमन व्यहोरेका थिए । आफ्ना जनप्रतिनिधि भण्डारी पटक पटक मन्त्री बने पनि गृह क्षेत्र भने खुसी मनाउन सकेको छैन । निर्वाचित भइसकेपछि आफ्नो गृह क्षेत्रमा कमै जाने र जनताको चाहना र आवश्यकताअनुसार काम नगर्ने भएकाले जनतामा उनको सत्तारोहणले खुसी दिन नसकेको हो ।

देशमा राजनीतिक व्यवस्था बदलिएर अनेकौं राजनीतिक अवस्था आएपनि उनी निरन्तर सत्ता यात्राको रफ्तारमा दौडिरहेका छन् । मधेश केन्द्रित राजनीति गरिरहेका उनले यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा हालसालै सोह्रौं पटक मन्त्री हुने सौभाग्यशाली नेता बनेका छन् । उनले नेपाली राजनीतिमा मन्त्री बन्ने किर्तीमानी नै कायम गराएका छन् ।

शिक्षा, स्वास्थ्य लगायतका आधारभूत जनताको आवश्यकता पूरा गर्न पनि उनले नसकेको महोत्तरी साक्षारता हिसावले देशकै ७५औँ स्थानमा पर्नुले पुष्टि हुने बर्दिबासका निरज अधिकारी बताउँछन् ।  यहाँ गरिबीकै कारण बर्सेनि धेरैले आत्महत्या गरेका तथ्यांक छ भने रोजगारको अभावले ७० प्रतिशत युवाहरु वैदेशिक रोजगारमा गएका तथ्यांकले देखाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.