रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो

डिसी नेपाल
२२ चैत २०७९ १६:३०
5.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।

युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।

यसअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको थियो । तर, उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो र बुधबारका लागि पेसी तोकिएको हो ।

सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.