रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्तालाई कारण देखाउ आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।
यसअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको थियो । तर, उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो र बुधबारका लागि पेसी तोकिएको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment