रवि लामिछानेको उमेदवारी कायम
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ उमेदवारी कायम भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारीविरुद्ध परेका तीन उजुरी खारेज गर्दै उमेदवारी कायम भएको जनाएको हो।
लामिछानेको उमेदवारीविरुद्ध बुधबार ४ वटा उजुरी परेका थिए। सोमध्ये तीनवटा खारेज गरिएको छ भने युवराज पौडेल (सफल)ले दिएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण माग गरेको छ।
स्पष्टीकरणको जवाफ आएपछि निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment