मुगुमा प्रहरी जवान मृत फेला
काठमाडौं । मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ ।
छाँयानाथ रारा नगरपालिका–१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत, हाल नेपालगञ्ज, कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment