तीन पार्टीबीच बाममोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको छः माधव नेपाल

डिसी नेपाल
२२ चैत २०७९ १८:४८
3.1k
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको स्थायीत्वका बिषयमा आशंका नगर्न आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष नेपालले वर्तमान सरकार र सत्तारुढ गठबन्धनका बिषयमा बिभिन्न आशंका गर्ने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन सुझाव दिए।

राजनीतिक स्थायीत्व दिनका लागि नै दलहरु मिलेर अघि बढ्ने प्रतिबद्धता गरेको उनले बताए।

अध्यक्ष नेपालले पद र अवसरका लागि दलहरु मिलेको भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई चिर्दे जनता र देशलाई केन्द्रीत भएर काम गर्न सक्ने त्यस्ता आरोपहरु आफै हट्ने जिकिर गरे।

उनले अहिलेको गठबन्धन निर्वाचनका जनताले दिएको जनादेश अनुसारको रहेकाले मुलुकको समृद्धि र बिकासमा जनताको अपेक्षा अनुसार नै अघि बढ्ने धारणा राखे।

अध्यक्ष नेपालले गठबन्धनभित्र रहेका तीनवटा पार्टीबीच बाममोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए।

त्यस्तै उनले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन कम्युनिष्टबीचको एकतालाई पनि महत्व दिएको भन्दै कुनै दल सप्रेर मिलेर जानुपर्छ भन्न मान्यताका साथ आए एकता हुन सक्ने बताए।

अध्यक्ष नेपालले विचार, नीति, दृष्टिकोण र भावनामा एकरुपता भए सँगै बसेर काम गर्न समस्या नहुने तर कुनै पार्टीमा गएर भने गाभिन नसकिने स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.