प्रतिनिधिसभा बैठक बस्दै, कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने

डिसी नेपाल
२३ चैत २०७९ ६:२३
44
Shares

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ।

बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सबन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको विधेयक टेबुल हुनेछ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.