सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं। सरकारको न्यूनताम साझा कार्यक्रम र मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ।
गत शुक्रबार सातौं पटक मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै सरकारलाई पूर्णता दिन सकेका छैनन्। कांग्रेसको भागमा परेका आठ वटा मन्त्रालयमा चार जनामात्रै मन्त्री नियुक्त भएका छन्।
बाँकी मन्त्रीको नाम कांग्रेसले दिन नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो। कांग्रेसले बाँकी मन्त्रीको नाम दिन साथ सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको योजना छ।
बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुपम दिने गरी छलफल भइरहेको छ। आजै पाँच बजे गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको छ।







डिसी नेपाल







Facebook Comment