सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय

डिसी नेपाल
२३ चैत २०७९ ११:४०
116
Shares

काठमाडौं। १० दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बिहीबार बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए।

उनका अनुसार बैठकमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको छ। यद्यपि, केही सुझाव भए बेलुका ५ बजेसम्म दिन भनिएको र ५ बजे सार्वजनिक गर्ने सहमति भएको उनले बताए।

गठबन्धनले गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्न बिहीबार बैठक बसेको हो।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कांग्रेस कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाइएको थियो।

उक्त कार्यदलले तयार पारेको कार्यक्रमलाई अनुमोदन गर्न बिहीबार शिर्र्षनेताहरुको बैठक बसेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.