सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान
काठमाडौँ। प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए।
अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताए।
‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ। यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ,’ सभामुख घिमिरेले भने।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment