माेहन वैद्य नेतृत्वकाे पार्टी र नेकपा बहुमतबीच एकता हुँदै

डिसी नेपाल
२४ चैत २०७९ ६:४६
136
Shares

काठमाडौं। दुईवटा साना कम्युनिष्ट पार्टीबीच आज एकता हुँदैछ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हाे।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घाेषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए।

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीचमा एकीकरण घोषणा सभा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.