पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधी आन्दोलनको क्रममा निधन भएका पदम लिम्बूलाई सहिद घोषणा गरेको छ ।
आज(शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको उद्योग मन्त्री रमेश रिजालले डिसी नेपाललाई जानकारी दिए ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मृतक लिम्बुको परिवारलाई उचित क्षतिपुर्तीसमेत दिने निर्णय गरेको छ ।
बैठकमा मन्त्रालयगत एजेन्डा तथा समसामयिक बिषयमा समेत छलफल भएको मन्त्री रिजालले बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment