रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

डिसी नेपाल
२६ चैत २०७९ १४:३७
16.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

सांसद श्रेष्ठले मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै दुर्गा प्रसाईंसँग पैसाको डिल गरेको अडियो सार्वजनिक भएसँगै उनलाई रास्वपाले आइतबार निलम्बन गरेको हो ।

रास्वपाका सभापति रवि लामिछानेलाई मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै उनले ब्यवसायी दुर्गा प्रसाईंसँग पैसाको डिल गरेको अडियो सार्वजनिक भएपछि उनलाई कारबाही गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.