एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल

डिसी नेपाल
२७ चैत २०७९ ९:४१
156
Shares

काठमाडौँ। टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति चयन भएका छ।

गत चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा  शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन्। बिमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन्।

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन्।

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिकाे नयाँ नेतृत्वमा आएका छन् भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएकाे सुजिता शाक्यले जानकारी दिएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.