अडियो प्रकरणले सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै रास्वपाका सांसदले मागे माफी (भिडियो)

डिसी नेपाल
२७ चैत २०७९ १५:२४
248
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना सांसदको अडियो प्रकरणले समग्र प्रतिनिधिसभा र सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै माफी मागेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको विषयमा पार्टीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिदै यसका कारण प्रतिनिधिसभा र सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै माफी मागेका हुन्।

यस घटनालाई गम्भीर रुपमा लिएको र अडियो सार्वजनिक भए लगतै ३ दिनभित्र प्रतिवेदन दिन अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको उनले जानकारी दिए।

भ्रष्टचारीको जाती र वर्ग नहुने भन्दै परियारले यस्ता घटना विगतमा पनि भएको र सबै घटना छानबिन हुन सके लोकतन्त्रप्रतिको प्रतिवद्धता अझ बढ्ने धारणा राखेका छन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.