संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषय अदालतले हस्तक्षेप गर्ने बिषय होइनः कृष्णबहादुर महरा

डिसी नेपाल
२७ चैत २०७९ १७:१४
80
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषय न्यायधीश वा अदालतले हस्तक्षेप गर्ने बिषय नभएको बताएका छन्।

सोमाबार माओवादी घटकहरुले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तक्रिया कार्यक्रममा महराले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायधिश वा अदालतको हस्तक्षेप हुन नहुने बताएका हुन्।

संक्रमणकालीन न्यायलाई अघि बढाउदा वृहत विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए। उनले राज्यको पुनसंरचनासहित शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने भन्दै पुरानो कानूनद्वारा समाधान खोज्न नहुने बताए।

महराले माओवादी घटकहरुबीच सके एकता नभए कार्यगत एकताका साथ बलियो शक्ति भएर अघि बढ्नुपर्ने धारणा राखे।

त्यस्तै अन्य माओवादी घटक दलका नेताहरुले माओवादी कमजोर भएकै कारण मुद्धाहरु कमजोर हुने खतरा रहेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.