रुस-युक्रेन युद्धसँग सम्बन्धित गाेप्य दस्तावेज चुहावट भएपछि तनावमा अमेरिका
काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा परेको छ।
बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा परेको हो। चुहावट भएका दस्तावेजहरु मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्विकार गर्दै सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ। उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ।
चुहावट भएको दस्तावेजहरु कस्ले इन्टरनेटमा हाल्यो ? भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेकाे छ।
चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गाेप्य रूपमा गरिएका आर्थिक सहयाेगकाे जानकारीसहित रुस र युक्रेन दुबैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरु चुहावट भएका हुन्।







डिसी नेपाल








Facebook Comment