इन्जिनियरका प्राध्यापकहरुबीच शुभकामना आदानप्रदान

डिसी नेपाल
२९ चैत २०७९ १०:०९
132
Shares

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा अध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुबीच नयाँंवर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा स्थापित होस् भनी शुभकामना व्यक्त गरे ।

नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेजलाई केही तत्वहरुले निजी बनाउने दुष्प्रयास गरेको चर्चा गर्दै कुनै हालतमा पनि निजी बनाउन नदिने घोषणा गरे ।

कार्यक्रमका कलेजका सहायक प्राचार्य दुर्गाप्रसाद भण्डारी, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष दीपक धामी, प्रगतिशिल प्राध्यपक संघका अध्यक्ष दिगम्वर खोटेजा, प्रशाशन प्रमुख श्रीमा शर्मा, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष मनोहर खनाललगायतले कलेजलाई कुनै हालतमा पनि निजी हुन नदिने सामूहिक प्रतिवद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.