रघुजी पन्त र ज्ञानेन्द्र शाहीको एउटै माग- कर्मचारीको ट्रेड युनियन खारेज गरौँ
काठमाडौँ। संसदमा सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर कार्कीले दलपच्छिेका कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका हुन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा ट्रेड युनियनको आवश्यकता नरहेको इंगित गर्दै पन्तले खारेज गर्नुपर्ने बताए। कर्मचारीहरूको दलीयकरणले समस्या निम्त्याएको उनको भनाइ छ।
साथै राप्रपा प्रमुख सचेकत शाहीले पनि सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउन सुझाव दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment