अडियो इडिटिङ गरेर बनाएको सांसद् श्रेष्ठको दाबी, भन्छन्- न्यायालयबाट क्लिन चिट लिएर आउँछु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले सार्वजनिक गरिएको अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका हुन्।
उनले जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको आरोप समेत लगाए। उनले आफू यसविरुद्ध न्यायालय पुगेर क्लिन चिट पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने दाबी गरे।
उनले भने, ‘‘उपननिर्वाचन र र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ। त्यसप्रति म क्षमापार्थी छु। यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ। म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो। न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट लिएर म तपाईहरुसँग आउनेछु। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु। यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा। जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ।’’







डिसी नेपाल








Facebook Comment