पार्टी सरकारमा रहेपनि आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा बाँकी नै छ : प्रधानमन्त्री

डिसी नेपाल
१ वैशाख २०८० १५:११
92
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा बाँकी नै रहेको टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुक्रबार पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ । त्यो ठूलै छ ।’

संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई समेत अहिले उल्ट्याउने खेल भइरहेको उनको टिप्पणी छ । विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उपलब्धि उल्ट्याउन प्रयास भइरहेको बताएका उनले सजग रहन सबैलाई आग्रह गरे ।

उनले भने ‘अहिले हामी सरकारको नेतृत्वमा छौं, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपु¥याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ । त्यसकारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाईमा उठाउन जरुरी छ । सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति छ । त्यसैले योजनावद्ध गर्नेकुरा सोचिएको हो । यसलाई कार्यान्वयन गर्दै जानुपर्छ ।’

प्रचण्डले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने भन्दै बलियो पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.