एनपी साउद परराष्ट्रमन्त्री बन्ने, भोलि सपथ
काठमाडौं । विवादको कारण नेपाली काँंग्रेसले थप मन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायणप्रसाद एनपी साउद भने परराष्ट्र मन्त्री बन्ने भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले साउदको नाम राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन् ।
भोलि आइतबार ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई पद तथा गोपनीयताको सपथ दिलाउने कार्यक्रम पनि तय भइसकेको छ ।
कांँग्रेसले अन्य मन्त्रीको नाम भने पछि पठाउने भएको छ । शेखर कोइराला र गगन थापा समूहले सरकारको सहभागितामा सम्मानजनक स्थान खोजेपछि काँग्रेसको तर्फबाट नाम पठाउन ढिलाई भएको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment