कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, १०४ जनामा संक्रमण पुष्टि

डिसी नेपाल
४ वैशाख २०८० १८:०१
112
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको हो भने थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार १ हजार ६३२ नमुना परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ । संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.