प्रहरी र मिटरब्याजपीडित झडप हुँदा चार जना प्रहरी घाईते

डिसी नेपाल
४ वैशाख २०८० २२:०६

काठमाडौं । शान्तिबाटिकामा मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाईते भएका छन् । सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा चार जना प्रहरी घाईते भएका हुन् ।

मिटरव्याजीहरुले प्रहरीलाई आक्रमण गर्दा चार जना प्रहरी घाईत भएको काठमाडौ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

निषेधित क्षेत्रमा प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसक्रममा झडप भएको हो । मिटरब्याजपीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबारवरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिबाटिकामा नै प्रहरी र मिटरब्याजपीडितबीच झडप भएको हो ।

प्रहरीले मिटरब्याजपीडितलाई नियन्त्रणमा लिन फोहोरा र लाठी प्रयोग गरेको थियो । तर उनीहरुले प्रहरीमाथि आक्रमण गरेपछि भने प्रहरी रक्षात्मक बनेको थियो । त्यसक्रममा प्रहरीले संयमता अपनाएकाले क्षति कम भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.