मुख्य प्रशासकीय अधिकृतमाथि उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै नगरका कर्मचारी आन्दोलित

डिसी नेपाल
६ वैशाख २०८० ११:४९
144
Shares

महोत्तरी। महोत्तरीको बलबा  नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख राम दुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विराेधमा कर्मचारीहरू आन्दोलित भएका हुन्।

४ बैशाखमा बसिरहेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उपप्रमुख राम दुलारी देवीले आफ्नो जिम्मेवारीलाई हस्तक्षेप गरेको बताउँदै बोतल प्रहार गरेको कर्मचारीहरूकाे भनाइ छ।

व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेकाे आरोप लगाउँदै कर्मचारीहरुले घटनामा संलग्न व्यक्तिहरु र उपप्रमुखलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।

उपप्रमुख र सग्लन व्यक्तिहरुलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.