एम्बाप्पे चम्किँदा पिएसजीको सहज जीत

डिसी नेपाल
९ वैशाख २०८० ८:०४
976
Shares

एजेन्सी। फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) सहज रूपमा बिजयी भएकाे छ। पिएसजीले घरेलु टोली एन्जर्समाथि २-१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ। पिएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए।

शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १-० को अग्रता दिलाए भने उनै एम्बाप्पेले खेलको २६औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे।

लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका एम्बाप्पेले पहिलो हाफमा नै पिएसजीलाई २-० को अग्रता दिलाउन सफल भए। उता, खेल सकिनै लाग्दै एन्जर्सका सादा थिओवले ८७औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । अन्ततः खेल २–१ को अवस्थामा सकियो।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३२ खेलबाट ७५ अंक बटुलेको छ भने पराजित एन्जर्स भने १४ अंकमा सिमित रहेर पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.