भारतमा आयोजना हुने विश्वकपबारे पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले यस्तो बयान दिए
काठमाडौं । यसै वर्ष सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटलाई लिएर पाकिस्तानले आफ्नो अडान नरम बनाउने संकेत देखाएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजम सेठीले अब एसियाली क्रिकेट काउन्सिल (एसीसी) लाई पठाएको प्रस्तावमा भारतका खेलहरू तटस्थ स्थानमा खेल्न सकिने बताएका छन्। यद्यपि बाँकी खेलहरू पाकिस्तानमा हुनेछन्।
यससँगै उनले अक्टोबर र नोभेम्बरमा भारत र अन्य देशमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि भारत जान पनि सहमति जनाएका छन् । यो पाकिस्तानको पहिलेको अडानभन्दा फरक छ।
यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात बीसीसीआईले एसिया कपमा सहभागी हुन भारतीय टोली पाकिस्तान नजाने बताएको थियो ।
नजम सेठीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एसिया कप ‘हाइब्रिड मोडल’मा आयोजना गर्ने निर्णय गर्दा यो प्रस्ताव एसीसीमा पठाइएको बताए ।
सेप्टेम्बर २ देखि सेप्टेम्बर १७ सम्म हुने यस प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।
सेठीले अब पाकिस्तानले भारतसँगको एसिया कप खेल तटस्थ स्थानमा आयोजना गर्न राजी भएपछि भारतले पनि यही हाइब्रिड मोडलमा काम गर्नुपर्ने बताए ।
एकदिवसीय विश्वकप यस वर्षको अक्टोबर-नोभेम्बरमा भारतमा हुने छ र पाकिस्तानले आफ्ना खेलहरू तटस्थ स्थानमा आयोजना गर्न चाहन्छ।







डिसी नेपाल







Facebook Comment