जापान ओपन तेक्वान्दोमा अशोकलाई रजत, नन्दले जिते काँस्य

डिसी नेपाल
९ वैशाख २०८० १९:४३
220
Shares

काठमाडौँ । नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् ।

जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् । नेपालकै अर्का खेलाडी नन्द विष्टले काँस्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए । सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन् ।

सो प्रतियोगितामा अशोकले अब आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोकबाहेक रवीन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.