जोटाको दुई गोलमा लिभरपुल बिजयी

डिसी नेपाल
१० वैशाख २०८० ७:०५
200
Shares

काठमाडौं। प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३-२ ले पराजित गरेको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो।

लिभरपुलका डिएगो जोटाले खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे। तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १-१ को स्थीतिमा रहन पुग्यो।

पुन जोटाले ५५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउदै खेल २-२ को बराबरीमा पुर्‍याएका थिए।

अन्त्यन्त रोमाञ्चारकी उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। अन्नतः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३-२ को जीत दिलाउन सफल भए। लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.