रियल म्याड्रिडले सेल्टालाई हराउँदा बार्सिलोनासँग घट्यो अंक दूरी
काठमाडौं। रियल म्याड्रिडले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावनालाई बढाएको छ। सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरीसमेत छोट्याएको छ।
रियलले घरेलु मैदानमा सेल्टालाई २-० ले पराजित गर्दै बार्सिलोनासँगको दूरी छोटाएको हो। यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग ७३ अंक छ।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको ४२औं मिनेटमा रियलका मार्को एसेन्सियोको गोल गरे। र, पहिलो हाफ १–० को स्थितिमा रहन पुग्यो।
यसैगरी दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता २-० को स्थीतिमा रहन पुग्यो। त्यसपछि कुनै नतिजा निस्कन सकेन र खेल २-० मा टुंगियो।
यस जीतसँगै रियलले ३० खेलबाट ६५ अंक बटुलेको छ भने पराजित सेल्टा ३६ अंक जोडेर १२औं स्थानमा सिमित रहेको छ।







डिसी नेपाल







Facebook Comment