अर्शदीप सिंहले लगातार २ मिडल स्टम्प भाँचे, बीसीसीआइलाई ४८ लाख घाटा
काठमाडौं । आइपिएल २०२३ मा पञ्जाब किंग्सले एक रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ । आईपीएलका सबैभन्दा महँगो खेलाडी (१८.५ करोड भारु) साम करण प्लेयर अफ द म्याच चुनिए।
अन्तिम ओभरमा मुम्बईलाई १६ रन चाहिएको थियो। ६ विकेट बाँकी थियो । त्यस ओभरमा अर्शदीप सिंहले २ रन मात्रै दिएर २ विकेट लिएर खेल जितेका थिए ।
सोही ओभरमा अर्शदीपले तेस्रो र चौथो बलमा तिलक वर्मा र नेहाल वढेरालाई पनि क्लिन बोल्ड गरे । यी दुई विकेट लिँदा अर्शदीपको बलले लगातार दुई पटक मिडल स्टम्प भाँच्यो ।
एचटी रिपोर्टका अनुसार एलईडी स्टम्प र जिंग बेलहरूको सेटको मूल्य लगभग २४ लाख भारतीय रुपैयाँ छ। एक अधिकारीका अनुसार एउटा स्टम्प फुट्यो भने पूरै सेट बेकार हुन्छ ।
अर्शदीपले लगातार २ मिडल स्टम्प तोडेका छन् । यस्तो अवस्थामा उनले दुई सेट बिगारे । जसअनुसार आईपीएलले ४८ लाख घाटा बेहोरेको छ ।







डिसी नेपाल








Facebook Comment