किर्तिपुर मैदानमा इतिहासकै सबैभन्दा ठूलो स्कोर, युएइले बनायो ४७१ रन

डिसी नेपाल
१० वैशाख २०८० १२:४५
33.4k
Shares

काठमाडौं । काठमाडौंको किर्तिपुर मैदानमा ५० ओभरको क्रिकेटमा इतिहासकै सबैभन्दा ठूलो स्कोर बनेको छ । आज जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा युएइले इतिहासकै ठूलो स्कोर बनाएको हो ।

सिंगापुरविरुद्ध टसजितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा अलआउट हुँदै ४७१ रन बनाएको हो । युएइका लागि कप्तान मुहम्मद वसीमले तुफानी इनिङ खेल्दै ८२ बलमा १६० रन बनाए । उनले १६ छक्का र ९ चौका हाने ।

युएइका लागि सबैभन्दा धेरै रन भने वृत्या अरविन्दले बनाए । उनले १३३ बलमा १७४ रन बनाए । उनले ७ छक्का र १७ चौका हाने । अयान अफजल खानले ५० बलमा ७४ रन बनाए । सिंगापुरका लागि अद्वैत भार्गवले ४ विकेट लिए । रमेश कालीमुथुले ३, विनोद वास्करणले २ र मनप्रित सिंहले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.