खेल रद्द भएपछि नेपालले साउदी अरेबियासँग अंक बाँड्यो

डिसी नेपाल
११ वैशाख २०८० १२:४०
9.1k
Shares

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज मूलपानीमा हुने तय भएको नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ । खेल रद्द भएपछि नेपाल र साउदी अरेबियाले अंक बाँडेका छन् ।

यससँगै यसअघिका दुवै खेल जितेको नेपाल ५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । समूह ए मा नेपालपछि ४ अंकसहित ओमन दोस्रो स्थानमा र ३ अंकसहित साउदी अरेबिया तेस्रो स्थानमा छन् ।

समूह बी को बहराइन र हङकङबीचको किर्तिपुर मैदानमा तय भएको खेल पनि रद्द हुने सम्भावना छ । समूह बी मा हङकङ पहिल्यै ४ अंकसहित शीर्षमा छ । यो खेल रद्द भएमा हङकङको ५ अंक हुनेछ । यो समूहको दोस्रो स्थानमा ४ अंकसहित युएइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.