बार्सिलोना रायो भालेकानोसँग २-१ को अन्तरले पराजित
काठमाडौं। स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ। म्याड्रिडमा बुधवार राति भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो।
भालेकानो २-१ ले विजयी हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ। खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो।
भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १-० ले पछि पर्न पुग्यो। दोस्रो हाफको सुरुवाती अर्थात ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २-० को अन्तरले अग्रता दोब्बर बनाए।
तर, ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए पनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु पर्यो। यस सिजनमा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जोडेको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएको छ।







डिसी नेपाल








Facebook Comment