एसिसी प्रिमियर कपः नेपाल ब्याटिङमा, एक परिवर्तन
काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा हुने नेपाल र कतारबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कतारले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। आज करन केसीलाई बाहिर राख्दै गुल्शन झालाई टिममा समावेश गरेको छ।
मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ। यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अंक बाँडेको थियो। जससँगै नेपाल सेमीफाइनलमा गएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment