एसीसी प्रिमियम कपः नेपालले गुमायो दुई विकेट
काठमाडौं। एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ।
त्रिभुवन विश्वबिद्यालयकाे खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाएको हो।
नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भएका हुन्।
नेपालका रोहित पौडेल र आसिफ शेख क्रिजमा छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment