नेपालको खराब ब्याटिङ, चौथो विकेट गुम्यो

डिसी नेपाल
१४ वैशाख २०८० १०:१८
4.1k
Shares

काठमाडौं। एसिसी प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपालले कतारसँग ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

टस हारेर ब्यटिङको निम्तो पाएको नेपालले ६२ रन बनाउँदा चौथो विकेट गुमाएको छ । १५.३ ओभरमा नेपालले चौथो विकेट गुमाएको हो । ३ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालको ९ रनमा दोस्रो विकेट झरेको थियो ।

कुशल भुर्तेलले २ रन बनाएर आउट हुँदा आसिफ शेख १९, भिम शार्की ६ र रोहित पौडेल २७ रन बनाएर आउट भए । नेपालले १६ ओभरमा ६४ रन बनाएर ४ विकेट गुमाएको छ । अहिले क्रिजमा सोमपाल कामी र कुशल मल्ल रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.