बलिङमा नेपालको शानदार कमब्याक, कतारले ३२ रनको स्कोरमा ४ विकेट गुमायो

डिसी नेपाल
१४ वैशाख २०८० १३:५२
3.4k
Shares

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई १५७ रनको सानो लक्ष्य दिएको नेपालले बलिङमा शानदार कमब्याक गरेको छ ।

कतारले १० ओभरको खेलमा ३२ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । नेपालका लागि सोमपाल कामीले २ विकेट, सन्दिप लामिछाने र ललित राजवंशीले १–१ विकेट लिएका छन् ।

नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेकोले यो खेलको नतिजाले नेपालको अगाडिको यात्रा भने रोकिने छैन । यो खेलको हारजितले नेपालले सेमिफाइनल कुन मैदानमा खेल्ने र कुन प्रतिद्वन्द्वी पाउने भन्ने निर्धारण गर्नेछ ।

यो खेल नेपालले जितेमा नेपाल समूहमा पहिलो हुनेछ र पहिलो सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनल किर्तिपुर मैदानमा हुनेछ । नेपालले यो खेल हारेमा समूहमा दोस्रो हुनेछ र दोस्रो सेमिफाइनलमा मूलपानीमा खेल्नेछ ।

आजै अर्को खेल मूलपानीमा हङकङ र कुवेतबीच भइरहेको छ । यो खेल जसले जित्छ त्यो टिक सेमिफाइनल पुग्नेछ । तर, हङकङले जितेमा ऊ समूह विजेता भएर सेमिफाइनल पुग्नेछ र सेमिफाइनलमा मूलपानीमै खेल्नेछ ।

यदि यो खेल कुवेतले जितेको अवस्थामा पहिल्यै सेमिफाइनल पुगिसकेको युएइ समूह विजेता बन्ने सम्भावना उच्च हुनेछ । त्यसैले यो खेल कुनेतले जितेको खण्डमा कुनेत भने पहिलो सेमिफाइनलमा पर्नेछ र किर्तिपुरमा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.