सनराइजर्स हैदरावादलाई झटका, वाशिङटन सुन्दर चोटका कारण आईपीएलबाट बाहिरिए

डिसी नेपाल
१४ वैशाख २०८० १६:१४
128
Shares

काठमाडौं । सनराइजर्स हैदरावादका अलराउन्डर वासिङ्टन सुन्दर चोटका कारण आईपीएलका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।

पहिले नै समस्याको सामना गरिरहेको सनराइजर्स हैदरावाद अहिले आईपीएल वरीयतामा नवौं नम्बरमा छ र वासिङ्टन सुन्दरको प्रतियोगिताबाट बाहिरिनुलाई टोलीका लागि ठूलो धक्का मानिएको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार वासिङ्टन सुन्दरलाई ह्यामस्ट्रिङमा चोट लागेको छ ।

उनको चोटको बारेमा जानकारी दिँदै सनराइजर्स हैदरावादले आईपीएलका बाँकी खेलहरूमा उपलब्ध नहुने बताएको छ।

२३ वर्षीय वासिङ्टन सुन्दरले प्रतियोगितामा अहिलेसम्म सात खेल खेलेका छन् र ४८.६६ को औसत र ८.२६ को इकोनोमी रेटमा तीन विकेट लिएका छन् ।

रन फ्रन्टमा उनको कुल स्कोर ६० रहेको छ जसमा अधिकतम स्कोर २४ नटआउट रहेको छ । तमिलनाडुबाट आएका वासिङ्टन सुन्दर आईपीएलको गत सिजनमा पनि चोटको सिकार भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.