एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने

डिसी नेपाल
१४ वैशाख २०८० १७:०५
10.3k
Shares

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गरेको नेपालले सेमिफाइनलमा कुवेत प्रतिद्वन्द्वी पाएको छ । समूह बीको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूहको दोस्रो स्थानमा उक्लिएपछि नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्नुपर्ने भएको हो ।

नेपाल आज कतारलाई हराउँदै समूह ए को पहिलो स्थानमा उक्लििएको थियो । यससँगै नेपालले पहिलो सेमिफाइनलमा किर्तिपुरमा समूह बीको दोस्रो स्थानको टिमसँग खेल्ने तय भएको थियो । अर्को खेलमा कुवेतले हङकङलाई पराजित गरेर समूह बी को दोस्रो स्थानमा उक्लिएपछि नेपालले कुवेत प्रतिद्वन्द्वी पाएको हो ।

अन्तिम खेलमा पराजित भएसँगै हङकङ समूहको तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । अब शनिबार नै हुने अर्को खेलमा समूह ए मा नेपालपछि दोस्रो स्थानमा रहेको ओमान र समूह बीको पहिलो स्थानको टिम युएइ खेल्नेछन् । दुवै सेमिफाइनलका वितेताहरु सोमबार फाइनल खेल्नेछन् । फाइनलको विजेता एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ए को तेस्रो टिम बनेर एसिया कप खेल्न पाकिस्तान जानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.