फ्रेन्ड्स र एपीएफको बराबरी

डिसी नेपाल
१४ वैशाख २०८० १७:५५
88
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेलेका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा फ्रेन्ड्स र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको २७ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसंगै एपीएफ १३ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.