इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए

डिसी नेपाल
१५ वैशाख २०८० ६:४४
324
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचकाे खेल बराबरीमा टुंगिएको छ।

बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २-२ गोलको बराबरीमा आफनो खेल टुंग्याएका हुन्।

लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औं मिनेटमा मार्कस रासफर्डले थप गोल गरेपछि म्यान्चेस्टरलाई पहिलो हाफमा नै २-० को सफलता मिल्न पुगेकाे थियाे।

तर, उसको सो सफलता भने लामो समयसम्म कायम रहन सकेन। दोस्रो हाफको ५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २-१ को स्थीतिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाइ बराबरीमा ल्याइदिए। त्यसपछि कुनै टिमवाट गोल हुन नसक्दा अन्ततः खेल २-२ को बराबरीमा रोकिन पुग्यो।

यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेकाे टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.