एनआरटीले थ्री स्टारलाई हरायो

डिसी नेपाल
१५ वैशाख २०८० १७:४०
236
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । एनआरटीका लागि एकमात्र निर्णायक गोल संजिव विष्टले खेलको ३७ औं मिनेटमा गरेका थिए ।

जितसंगै एनआरटी १६ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ भने थ्री स्टार २२ अंकका साथ तालिकाको दोश्रो स्थानमा छ । पराजयसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । तालिकाको शीर्ष स्थानमा २३ अंकका साथ जावलाखेल रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.