वर्षाले प्रभावित नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरको हुने
काठमाडौं । वर्षाले अवरुद्ध भएको एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुचारु हुने भएको छ । त्रिवि मैदानमा जारी खेलमा वर्षा भएपछि केहिबेर खेल रोकिएको हो । खेल ४५ ओभरको हुनेछ भने १२ः१५ बजे सुचारु हुनेछ ।

पहिला ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए । अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् ।
पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर नटआउट छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment